‘मधेसी जनतालाई अधिकार दिन कांग्रेसलाई दुई तिहाई’
बुधबार, २२ कार्तिक २०७४
‘मधेसी जनतालाई अधिकार दिन कांग्रेसलाई दुई तिहाई’

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसका जनताको अधिकार स्थापित गराउन कांग्रेसले दुई तिहाई बहुमत ल्याउनुपर्ने दावी गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत नल्याए मधेशका जनताको इच्छा र आवश्यक्ता पूरा नहुने तर्क पनि गर्नुभयो ।

बुधबार जनकपुुरमा आयोजित कांग्रेसका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसले मधेसको जनताको अधिकार स्थापित गराउन संविधान संशोधनको प्रस्ताव लगेपनि एमालेलगायतका दलहरुको विरोधका कारण संसदबाट पारित हुन नसकेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले प्रदेश नम्बर २ बाट दुई तिहाई बहुमत कांग्रेसले पाएमात्रै मधेसको इच्छा अनुसार संविधान संशोधन हुने आश्वासन पनि दिनुभयो । प्रधानमन्त्री देउवाले प्रदेश नम्बर २ मा कांग्रेसका नेताहरुले राजनीतिक परिवर्तनका लागि ठूलो योगदान दिँदै आएको स्मरण गराउनु भयो ।

२०७४ कार्तिक २२ गते १५:०६ मा प्रकाशित
88 पटक पढिएको

प्रतिक्रिया दिनुहोस