नेपाल-भारत सिमानाबाट एयर गनसहित एकजना पक्राउ
बुधबार, २२ कार्तिक २०७४
नेपाल-भारत सिमानाबाट एयर गनसहित एकजना पक्राउ

रवीन्द्र सिंह
बाँके । निर्वाचन नजिकिँदै गरेका बेला बाँकेमा एक व्यक्ति एयर गनसहित पक्राउ परेका छन् । एक थान यएर गन र ४५ थान छर्रासहित बाँके प्रहरीले नेपाल–भारत सीमा जमुनाहबाट नियन्त्रणमा सल्याका रमशे योगीलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतको सिमलामा मजदुरी गरेर घर फर्कँदै गरेका सल्यान थारमारे–७ का रमेश योगीको साथबाट एकथान एयर गन र त्यसमा लाग्ने ४५ थान छर्रासहित बुधबार बिहान साढे छ बजे चेकजाँचका क्रममा योगीका साथबाट एयर गन र ४५ थान छरा्र फेला परेको हो ।
इलाका प्रहरी कार्यालय जमुनाहको नियन्त्रणमा परेका योगी र उनको साथमा बरामद भएको एरगनबारे आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको जानकारी दिएको छ ।

 

२०७४ कार्तिक २२ गते १५:०४ मा प्रकाशित
48 पटक पढिएको

प्रतिक्रिया दिनुहोस