ट्याक्सीमा मृत फेला परेका व्यक्तिको पहिचान खुल्यो
बुधबार, २२ कार्तिक २०७४
ट्याक्सीमा मृत फेला परेका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारमा ट्याक्सीभित्र मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।

ट्याक्सीमा भेटिएका मृत व्यक्ति सर्लाही घुर्कयौली घर भइ हाल ललितपुरको कुुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्का रहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक ट्याक्सी चालक हुन् ।

प्लानिङ गरिएको खाली जग्गामा बुधबार बिहान बा १ ज १०४० नम्बरको रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा रातो ज्याकेट लगाएको व्यक्ति मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

टाउकोमा ढुंगाले हानेको घाउ भइको हुँदा उनको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । भक्तपुर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

२०७४ कार्तिक २२ गते १२:३९ मा प्रकाशित
130 पटक पढिएको

प्रतिक्रिया दिनुहोस