तरकारी बजारमा नयाँ व्यवस्थापन
बुधबार, २२ कार्तिक २०७४
तरकारी बजारमा नयाँ व्यवस्थापन

काभ्रे । चार वर्षअघि बनेपामा स्थापना भएको तरकारी बजारलाई नयाँ व्यवस्थापनले व्यवस्थीत रुपमा सञ्चालन गर्ने भएको छ ।

काभ्रे कृषि बजार मल्टी पर्पोज प्रालिले बुधबार बनेपामा पत्रकार भेटघाटको आयोजना गरी कृषि क्षेत्र र तरकारीका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ ।

नौ रोपनी क्षेत्रफलमा रहेको उक्त तरकारी बजारमा १ सय २३ वटा स्टल रहेका छन । एकचालीस जना शेयर सदस्य रहेको मल्टी पर्पोज प्रालिले तरकारी बजारका लागि तीन करोड ५० लाख लगानी गरेको सो प्रालिका अध्यक्ष पूर्णचन्द्र सिग्देलले जानकारी दिनुभयो ।

‘तरकारी बजारबाट वार्षिक ३० अर्बको कारोबार हुन्छ,’ उहाँले भन्नुभयो । कृषकले उत्पादन गरेको तरकारीको उचित मूल्य सिधै पाउने र बिचौलियालाई विस्थापन गरिने योजना बनाइने उहाँले बताउनुभयो ।

काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला, पनौती, ढुंखर्क, रविओपी, सिपाली, रोशी, मंगलटार, पाँचखाल, मण्डनदेउपूरलगायत ठाउँबाट बजारमा दैनिक तरकारी संकलन हुने गर्दछ ।

संकलित तरकारी स्थानीय बजार हुँदै कालीमाटी, बल्खुलगायत ठाउँमा पुग्ने गरेको छ । कृषि बजारमा दैनिक १० टन तरकारी संकलन हुने गर्छ । काठमाडौैँस्थित कालीमाटी बजारको कूल खपतको ११।५३ प्रतिशत तरकारी काभपलाञ्चोकबाट संकलन हुने गरेको कालीमाटी थोक तथा खुद्रा बजारको आव २०७३÷७४ को तथ्याङ्कमा उल्लेख छ ।

 

२०७४ कार्तिक २२ गते १२:२८ मा प्रकाशित
110 पटक पढिएको

प्रतिक्रिया दिनुहोस