चुनाव प्रचारका क्रममा नारायणकाजी घाइते, घरदैलोमा समस्या
बुधबार, २२ कार्तिक २०७४
चुनाव प्रचारका क्रममा नारायणकाजी घाइते, घरदैलोमा  समस्या

गोरखा । माओवादी केन्द्रका नेता एवम् गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ  घाइते भएका छन् ।

गोरखाको सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँ निधार र दायाँ खुट्टामा सामान्य चोट लागेको छ ।

घाइते भएका कारण उनी बुधबार बारपाकमा तय गरिएको घरदैलो कार्यक्रममा सहभागी हुन सकेनन । बारपाकमा  भएको चुनावी सभामा उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका छन् । पैदल यात्रा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गर्न र भोट माग्न पाएनन्, उनले ।

श्रेष्ठको बुधबार दिनभर विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकका घर–घरमा पुग्ने योजना थियो । तर, घाइते भएका कारण उनको उक्त योजना स्थगित भएको छ ।

२०७४ कार्तिक २२ गते ०९:५७ मा प्रकाशित
2041 पटक पढिएको

प्रतिक्रिया दिनुहोस