साउदी अरेबियाद्वरा यमनमा प्रतिबन्ध, मानवीय सहायता पुर्याउन कठिन
बुधबार, २२ कार्तिक २०७४
साउदी अरेबियाद्वरा यमनमा प्रतिबन्ध, मानवीय सहायता पुर्याउन कठिन

एजेन्सी । साउदी अरेबियाले छिमेकी देश यमनसँगको कुटनीतिक सम्बन्ध तोड्दै सबै मार्ग बन्द गरेको छ ।

युद्ध प्रभावित यमनका विभिन्न शहरमा मानवीय सहायता पुर्याउन असजिलो भएको सहयोगी संस्थाले बताएका छन् । इरानबाट यमनका बिद्रोहीलाई हातहतियार आपूर्ति हुने गरेको भन्दै साउदी अरेबियाले यमनसँगको सम्बन्ध तोड्दै स्थल, जल तथा हवाई मार्ग बन्द गरेको हो ।

अरुको सहयोगमा जीवन बिताउँदै आएका युद्ध प्रभावित यमनी शहरका लाखौं बासिन्दाको अवस्था भने चिन्ताजन भएको संयुक्त राष्ट्रसंघ तथा रेड क्रसले जनाएका छन् ।

इरानले प्रत्येक्ष सैन्य गतिविधि पनि सञ्चालन गरिहेको साउदी अरेबियाको आरोप छ । शनिबार एक ब्यालेस्टिक मिसाइल साउदी अरेबियाको राजधानी नजिक रोकिएको र त्यो मिसाइल इरानले यमन पठाउँदै गरेको साउदी अरेबियाको दाबी छ ।

साउदीका युवराज मोहम्मद बिन सलमानले बिद्रोहीलाई रकेटसहितका हतियार प्रदान गर्नु युद्ध कार्य हुने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हेलेले शनिबार रोकिएका मिसाइल तथा अरु हतियार इरानको रहेको हुन सक्ने बताउनुभएको छ । इरानले राष्ट्रसंघीय नियमको उल्लंघन गरेको उनकोे दाबी छ ।

तर, साउदीले यमनमाथि लगाएको प्रतिबन्धका कारण भने समस्या रहेका सर्वसाधारण नागरिक मर्कामा परेको भन्दै संयुक्त राष्ट्रसंघसहितका सहयोगी निकायले जीवन रक्षाका लागि आग्रह गरेका छन् ।

२०७४ कार्तिक २२ गते ०७:५९ मा प्रकाशित
103 पटक पढिएको

प्रतिक्रिया दिनुहोस