सुस्तावासी भन्छन्, नागरिक हुनुको ‘प्रमाण’ देऊ
बुधबार, २२ कार्तिक २०७४
सुस्तावासी भन्छन्, नागरिक हुनुको ‘प्रमाण’ देऊ

नवलपरासी । सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन् ।  दलहरुले समेत आफ्नो भुमिमा भारतीय हस्तक्षेपको उदाहारणका रुपमा यही बस्तीलाई देखाउँछन् । एकातिर नारयणी र अर्कातर्फ नेपाल भारत सीमाका कारण बस्ती टापु बनेको छ ।यहाँका बासिन्दा २०२२ सालदेखि अनागरिक को पीडा भोग्न बाध्य छन् । प्रत्येक निर्वाचनमा झै योपल्ट पनि उनीहरु उम्मेदरासहित नेपाली भुमि माटोमा नागरिक भएको प्रमाण मागिरहेका छन् । कान्तिपुरमा समाचार छ ।

हामिलाई नागरिक भएको प्रमाण चाहियो, सुस्ता ५ का रामप्रित चमारले भने, नागरिकता नभएकाले पतिपत्नि हौ भन्ने आभार भएन । सन्तानको जन्मदर्ता पनि सम्भव भएन ।

२०७४ कार्तिक २२ गते ०६:५८ मा प्रकाशित
179 पटक पढिएको

प्रतिक्रिया दिनुहोस