राप्रपाले कांग्रेसलाई १४५ स्थानमा सघाउने, उम्मेदवारी फिर्ता लिने निर्णय
मङ्गलबार, २१ कार्तिक २०७४
राप्रपाले कांग्रेसलाई १४५ स्थानमा सघाउने, उम्मेदवारी फिर्ता लिने निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने भएको छ । कांग्रेसलार्इ सघाउन राप्रपाबाट परेका उम्मेदवारीमध्ये मुलुकका १४५ स्थानमा फिर्ता लिने निर्णय भएको छ ।

पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले काठमाडौँ, सल्यान र भक्तपुरको उम्मेदवारी कायम राख्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख एवम् प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त बैठकले आगामी मंसिरको पहिलो सातादेखि दोस्रो सातासम्म विराटनगर, वीरगञ्ज, धनगढी र पोखरामा चुनाव केन्द्रित आमसभा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

२०७४ कार्तिक २१ गते १९:४५ मा प्रकाशित
1270 पटक पढिएको

प्रतिक्रिया दिनुहोस