सुनचाँदीको मुल्य बढ्यो
मङ्गलबार, २१ कार्तिक २०७४

काठमाडौं । सुनचाँदीको मुल्य मंगलबार बढेको छ । सुन तोलामा ३ सय र चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार सुन तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य तोलामा ३ सय रुपैयाँ बढेको हो ।
यस्तै सोमबार तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलाको ७ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस