ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्न पाउने
सोमबार, २० कार्तिक २०७४
ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्न पाउने

काठमाडौं । धितोपत्र बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४’ जारी गरेसँगै ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार गर्न पाउने भएका छन् ।

बोर्डले तयार पारेको यो निर्देशन अनुसार कम्तिमा १० हजार सेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक बर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांस वितरण गरेको सूचिकृत संस्थाको सेयरमा मात्र मार्जिन कारोवार सुविधा उपलब्ध गराउनु पर्ने उल्लेख रहेको छ ।

धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोवार सुविधा प्रदान गर्न सक्नेछन् भने आफ्नो प्रमाणित नेटवर्थको दुई गणासम्म मार्जिन कारोवार सुविधा उपलब्ध गराउन पाइने व्यवस्था वोर्डले गरेको छ ।

मार्जिन कारोवार सुविधा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ती कम्तिमा पाँच करोड रुपैयाँ हुनु पर्ने छ व्यवस्था गरेको छ । धितोपत्र दलाल व्यवासायीले सूचिकृत संगठित संस्थाको शेयरको १८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्ने व्यवस्था गरेको छ ।  

धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपने छ । ग्राहकले मार्जिन कारोवारमा खरिद गरेको शेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले त्यो सेयर विक्री गर्न सक्ने सहितका विभिन्न दशम व्यवस्था गरेको छ ।

२०७४ कार्तिक २० गते १९:२२ मा प्रकाशित
110 पटक पढिएको

प्रतिक्रिया दिनुहोस