चुनावको मुखमा तराईका बाढीपीडितलार्इ सरकारको विशेष प्याकेज
सोमबार, २० कार्तिक २०७४
चुनावको मुखमा तराईका बाढीपीडितलार्इ सरकारको विशेष प्याकेज

काठमाडौँ । यो बर्खायाममा तराई मधेसमा गएको बाढीबाट पीडित भएकाहरूलार्इ सरकारले विशेष योजना ल्याएको जानकारी दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपीडित तराईबासीका लागि विशेष राहत योजना ल्याउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पाँच ५ महिना अघि गएको बाढीबाट प्रभावितले राहत नपाएको गुनासो गरिरहेका बेला निर्वाचनको मुखैमा सरकारले विशेष योजना ल्याउने निर्णय गरेको हो । योजनाको विस्तृत खाकालाई पास गरिएको जनाउँदै मन्त्री कार्कीले यसलार्इ चाँडै कार्यान्वयनमा ल्याउने बताए।

मन्त्रिपरिषद्को बैठकले ग्रामिण सडक सञ्जाल विस्तारका लागि एसियाली विकास बैठकबाट १ सय मिलियन अमेरिकी डलर ऋण सहयोग लिने पनि निर्णय पनि गरेको छ ।

२०७४ कार्तिक २० गते १६:०० मा प्रकाशित
131 पटक पढिएको

प्रतिक्रिया दिनुहोस