पहिलो पटक मदन भण्डारीको जन्मघर पुगे केपी ओली (फोटो फिचर)
सोमबार, २० कार्तिक २०७४
पहिलो पटक मदन भण्डारीको जन्मघर पुगे केपी ओली (फोटो फिचर)

राजेन्द्र श्रेष्ठ
ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक जननेता मदन भण्डारीको ताप्लेजुङस्थित जन्मघरमा पुग्नु भएको छ । अध्यक्ष ओली ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुगेसाँघुको ढोटनेमा रहेको जननेता मदन भण्डारीको घरमा पहिलो पटक पुग्नु भएको हो ।  

वाम गठवन्धनको पक्षमा माहोल बनाउन पहिलो चरणमा निर्वाचन हुने पुर्वी नेपालको ताप्लेजुङ सदरमुकामा आउने क्रममा बाटोमै रहेको ढुगेसाँघुस्थित मदनको घरमा ओली हेलिकोप्टरबाट पुग्नुभएको हो । त्यहाँ पुगेर ओलीले मदन भण्डारीको तस्बिरमा माल्यापर्ण गर्नु भयो ।

माल्यार्पणछ अध्यक्ष भण्डारीको घर भित्र अवलोकनका साथै स्थानीयबासीलाई सम्बोधन गर्दै ओलीले मदनको जन्म गाउँलाई प्रचार प्रसार गरेर राजनीतिक पर्यटन केन्द्र बनाउने बताउनुभयो । ओलीले जननेता भण्डारीको घरलाई आवश्यक पूर्वाधार गरी जीर्णोद्वार गर्ने समेत बताउनुभयो ।

केही दिन अगाडि राष्ट्रपति एवम् मदनकी धर्मपत्नी विद्यादेवी भण्डारी पनि भण्डारीको जन्मघरमा पुगेर फर्किनुभएको थियो । अध्यक्ष ओलीले भण्डारीको घर अवलोकनपछि ताप्लेजुङ सदरमुकाम फुङलिङमा भएको एमाले–माओवादी केन्द्रको संयुक्त चुनाबी सभालाई सम्बोधन गर्नु भएको थियो । चुनावी सभालाई सम्बोधन गर्दै ओलीले चुनावपछि एमालेले सरकार चलाउने दाबी गर्नुभयो ।

 

 

२०७४ कार्तिक २० गते १८:२१ मा प्रकाशित
11564 पटक पढिएको

प्रतिक्रिया दिनुहोस