‘गुन्डा र अपराधी पाल्ने वाम गठबन्धनलाई जनताले पत्याउँदैनन्’
सोमबार, २० कार्तिक २०७४
‘गुन्डा र अपराधी पाल्ने वाम गठबन्धनलाई जनताले पत्याउँदैनन्’

काठमाडौं । नारायणमान विजुक्छेले शारिरीक, मानसिक र बौद्धिकरुपले नयाँ पुस्ता सक्षम भएकाले आफ्नो पार्टीबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा युवा पुस्तालाई उम्मेदवार बनाएको बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ‘द भ्यू’ मा अध्यक्ष विजुक्छेले आफू र आफ्नो पार्टीको लडाईँ अस्तित्वका लागि नभई जुनसुकै ठाउँ तहमा बसेर पनि जनताको निस्वार्थ सेवा गर्न सकिन्छ भन्दै आफूले उम्मेदवारी नदिएको बताउनुभयो । अध्यक्ष विजुक्छेले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जनताले नपत्याउने बताउनुभयो ।

उहाँले वाम गठबन्धनलाई इंगित गर्दै भन्नुभयो, ‘गुन्डा, ब्ल्याक मार्केटर र अपराधीहरुलाई पालेर पार्टी राम्रो बन्दैन,’ अध्यक्ष विजुक्छेले भन्नुभयो, ‘जबसम्म पार्टीमा शुद्धिकरण हुँदैन, पार्टीका गलत तत्वलाई निकालिँदैन तबसम्म वाम गठबन्धनलाई जनताले पत्याउँदैनन् ।’

२०७४ कार्तिक २० गते १७:४१ मा प्रकाशित
1644 पटक पढिएको

प्रतिक्रिया दिनुहोस