क्याटलोनियाली नेता पुज्डमोनद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
सोमबार, २० कार्तिक २०७४
क्याटलोनियाली नेता पुज्डमोनद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

एजेन्सी । एकतर्फी रूपमा क्याटोलनियाको स्वतन्त्रताको घोषणा गरेपछि स्पेन सरकारबाट बर्खास्त भएका नेता कारलस पुज्डमोनले बेल्जियमको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । क्याटलोनियाली सरकारका अन्य चार मन्त्रीहरुले पनि प्रहरीसमक्ष आत्मासमर्पण गरेको बेल्जियमका अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुका अनुसार विगत केही दिनदेखि बेल्जियममा लुकिछिपी बस्दै आएका उनीहरुले आइतबार प्रहरीसमक्ष आत्मासमर्पण गरेका हुन् । केही दिनयता बेल्जियममा बसिरहेका नेता पुज्डमोनविरुद्ध देशलाई विखण्डन गर्ने असफल प्रयास गरेको भनी स्पेनी सरकारले पक्राउ पुर्जी जारी गरेको थियो ।

स्पेनको एक अदालतले विद्रोहको अभियोगमा भइरहेको छानविनसँग सम्बन्धित रहेर पुज्डमोन र उहाँको क्षेत्रीय सरकारको मन्त्रीमण्डलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरूलाई स्पेनलाई सुपुर्दगी गर्ने वा बेल्जियममा नै राख्ने बिषयमा अधिकारीहरूबीच आवश्यक छलफल भइरहेको बताइउको छ ।

२०७४ कार्तिक २० गते १०:३३ मा प्रकाशित
139 पटक पढिएको

प्रतिक्रिया दिनुहोस