प्रिमियर लिगः म्यानचेस्टर सिटीसँग आर्सनल ३–१ ले पराजित
आइतबार, १९ कार्तिक २०७४
प्रिमियर लिगः म्यानचेस्टर सिटीसँग आर्सनल ३–१ ले पराजित

काठमाडौँः इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनलमाथि ३–१ को सहज जीत निकालेको छ । घरेलु मैदान एत्तिहादमा भएको खेलमा सिटीलाई जिताउने क्रममा केभिन डे ब्रनुे, सर्जियो अग्वेरो र ग्याब्रियल जिसुसले व्यक्तिगत एक एक गोल गरे । 

सिटीका लागि पहिलो गोल ब्रुनेले खेलको १९ औँ मिनेटमा डि बक्स बाहिरबाट गरे । दोस्रो गोल भने खेलको ५० औँ मिनेटमा सर्जियो अग्वोरोले पेनाल्टीबाट गरे । योसँगै अग्वेरोले सिटीका लागि गरेको गोल संख्या १७९ भएको छ । 

अग्वेरोको ठाउँमा दोस्रो हाफमा मैदान छिरेको जिसुसले खेलको ७४ औँ मिनेटमा गोल गर्न सफल भए । पराजित आर्सनलका लागि एक मात्र सान्तवना गोल खेलको ६५ औँ मिनेटमा लाकाजेट्टेले गर्न सफल भए । 

यो जितपछि सिटी ११ खेलबाट ३१ अंकसहित लिगको पहिलो स्थानमा कायमै छ । सिटीले लिगका १० खेल जित्दा एउटा बराबरी खेलेको छ । पराजित आर्सनल भने समान ११ खेलबाट १० अंकसहित लिगको छैटौँ स्थानमा छ । 

आजै राति उपाधि दावेदार मानिएका म्यानचेस्टर युनाइटेड र चेल्सी पनि प्रतिस्पर्धा गर्दैछन् । यसअघि आजै साँझ भएको अर्को खेलमा टोटनह्याम हट्स्पर्सले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको थियो । 

२०७४ कार्तिक १९ गते २२:०५ मा प्रकाशित
89 पटक पढिएको

प्रतिक्रिया दिनुहोस