नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक १५ सयबाट झर्यो
आइतबार, १९ कार्तिक २०७४
नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक १५ सयबाट झर्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६ दशमलव ३५ अंकले बढेर परिसूचक १ हजार चार सय ४६ विन्दुमा पुगेको छ ।

कारोबारमा ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५ दशमलव ४४ अंकले घटेर ३ सय १४ दशमलव २० विन्दुमा पुगेको छ ।
१ सय ५९ कम्पनीको १५ लाख ६ हजार ४ सय ४ कित्ता सेयर ६३ करोड १२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सेयर कारोबार अवधिमा व्यापार समूहको परिसूचक २ दशमलव ७ अंकले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

सबै भन्दा बढी बिमा समूहको परिसूचक १ सय ५७ दशमलव ६, उत्पादन तथा प्रशोधन ५० दशमलव ५५, माइक्रोफाइनान्स ३० दशमलव ५९, विकास बैंक ३० दशमलव ९१, बैंकिङ २४ दशमलव २९, जलविद्यूत २३ दशमलव ६८ र अन्य समूहको परिसूचक ११ दशमलव ५९ अंकले घटेको छ । यो दिन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १८ लाख ३४ हजार, नेपाल दुरसञ्चार कम्पनी २ करोड७१ लाख, स्टान्डर चार्टर बैंकको २ करोड ३३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । 

२०७४ कार्तिक १९ गते १९:२२ मा प्रकाशित
125 पटक पढिएको

प्रतिक्रिया दिनुहोस