वाम गठबन्धनलाई भोट माग्दै बद्रि र प्रिया
आइतबार, १९ कार्तिक २०७४
वाम गठबन्धनलाई भोट माग्दै बद्रि र प्रिया

हेटौंडा । स्थानीय तह निर्वाचनमा निकै लोकप्रिय बनेको ‘सहि पनि एमाले मै पनी एमाले’ बोलको गीतले जनमत उचालेका गायक बद्रि पंगेनी र गायिका प्रिया भण्डारीले बाम गठबन्धनको पक्षमा मत मागेका छन् ।

सांगितिक कार्यक्रमको शिलसिलामा धोर्सिङ आएका गायकरगायीका जोडिले नेकपा एमाले ८ नम्वर बडा कमिटिले गरेको कार्यक्रममा गठबन्धनका लागि मत मागेका हुन् ।

मुलुकको बिकासका लागि गठबन्धन नै उपयुक्त भएको उनले भने । उनले गीत  मार्फत ‘भोट कल्लाई गठबन्धनलाई’ भन्दै सहभागिलाई उत्साहि बनाएका थिए । पार्टीले गरेको निम्ता स्विकार्दै पुगेका उनीहरुले केही साँगितिक प्रस्तुति दिएका थिए ।

वडा कमिटि अध्यक्ष यशोदा उप्रेतीको अध्यक्ष्तामा भएको पिकनिक सहितको प्रशिक्षणमा नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौंपाने, मकवानपुरका अध्यक्ष मुनु सिग्देल, १ नम्वर क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवार कृष्णप्रसाद दाहाल, १ को २ नम्वर प्रदेशमा उम्मेदवार डोरमणि पौंडेल, निवर्तमान सांसद अनन्त पौंडेल लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

२०७४ कार्तिक १९ गते १७:१४ मा प्रकाशित
258 पटक पढिएको

प्रतिक्रिया दिनुहोस