असुरक्षित बन्दै दुर्गमका राजमार्ग (फोटो फिचर)
आइतबार, १९ कार्तिक २०७४
असुरक्षित बन्दै दुर्गमका राजमार्ग (फोटो फिचर)

रोजेन्द्र जोशी

डोटी । डोटीको केआई सिंह राजमार्गमा शनिवार भएको जीप दुर्घटनामा चारजनाले ज्यान गुमाए । तिखात्तरबाट दिपायल आउँदै गरेको से १ ज २६५ नम्वरको जिप दुर्घटना भएको हो । दुर्गमा हुने  सवारी दुर्घटनामा धेरै मानविय क्षति हुने गरेकोले स्थानीय चिन्तित छन् । 

भौतिक निर्माण तथा यातायात मन्त्री विरवहादुर वलायरको गृह जिल्ला डोटीमा पटक पटक यातायातका सवारी साघनहरु दुर्घटना हुदाँ यात्रुहरुले अकालमा ज्यान गुमाइहेका छन् ।

शनिवार डोटीको केआई सिँह गाउँपालिकाको तिखात्तरबाट दिपायल आउँदै गरेको से १ ज २६५ नम्वरको बहाक जीप देउरडीमा दुर्घटना हुदा ३ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा गाडी धनी समेत रहेका चालक केआई सिंह गाउँपालिका—१ वस्ने ५५ वर्षीय  खेमराज ओझा, डोटी आदर्श गाउँपालिका–१ का १९ बर्षीया अनिता खड्का डोटी बोगटान गाउँपालिका–६ गगुडाका २५ वर्षीया रोसन ताम्राकारको घटना स्थलमा र आदर्श गाउँपालिका–१ बस्ने शारदा खड्काको शनिबाराती उपचारको क्रममा मृत्यु भएको हो ।

डोटीको सदरमुकामदेखि दक्षिण भेगमा पर्ने बोगटान गाउँपालिका–६ गगुडामा गत साउन २१ गते शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप सडकबाट एक किलोमिटर तल भिरबाट खस्दा ९ जनाको मृत्यु भएका थियो । घटनामा ४ जना गम्भीर घाइते भएका थिए । त्यो घटनाका घाईतेहरुको उपचार भई रहेको छ ।

त्यस्तै गत असोज ३१ गते डोटीको जोरायल गाउँपालिका–१ घण्टेश्वरको घोरडीमा अर्को दुर्घटना भएको थियो ।  दुई विपरित दिशाबाट आएको बस एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

कार्तिक २ गते मंगलबार डोटी जोरायल गाउँपालिका–१ गोगनपानीमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको कहेही दिनमा विहिबार अर्को बस दुर्घटना भएको छ । डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु ।  १८ जना घाईते भएको थियो

यसैगरी साउन २१, असोज ३१, कार्तिक २ र कार्तिक १८ गते भएको ठुला चार दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने ६२ जना घाईते भएका छन् ।

डोटीमा सड्क सञ्जालले गाउँ–गाउँ छोयो । तर, त्यसको स्तर उन्नती नहुदाँ र सवारी चालकको लापबाहीका कारण पटक–पटक दुर्घटनाबाट मानवीय क्षती हुने गरेको छ । सरकारले प्रमिट समेत नदिएको कच्ची सड्कमा भएका छन् ।

सरकारी अनुमति नदिएको कच्ची सड्कमा सवारी साधन चलाउनमा रोक कसले लगाउने सरकारी पक्षले बुझ्नु जरुरी छ ।

२०७४ कार्तिक १९ गते १०:३२ मा प्रकाशित
211 पटक पढिएको

प्रतिक्रिया दिनुहोस