निर शाह भन्छन्ः दयाहाङ जस्तो कलाकार आधा शताव्दीमा एकपटक जन्मन्छ
शुक्रबार, १७ कार्तिक २०७४
निर शाह भन्छन्ः दयाहाङ जस्तो कलाकार आधा शताव्दीमा एकपटक जन्मन्छ

काठमाडौँ । वरिष्ठ अभिनेता निर शाहले कलाकार दयाहाङ रार्इको खुले प्रशंसा गरेका छन् । नेपाली अभिनय क्षेत्रका गुरु निर शाह आफैँमा एक आइकन हुन् । तर उनैले कलाकार रार्इलार्इ उच्चस्तरमा राखेर प्रशंसा गरेका हुन् । 

नेपालको अभिनय क्षेत्रमा निर शाहलार्इ अलग राख्दा  सबै कुरा अधुरो हुन पुग्छ । नेपालका उनै हाइ प्रोफाइल अभिनेताले पछिल्लो पुस्तामा छाएका लोकप्रिय नायक दयाहाङ राईको खुलेर प्रशंशा गरे । 

बिहीवार राजधानीमा चलचित्र 'कान्छी' को गीत सार्वजनिक कार्यक्रममा बोल्दै शाहले दयाहाङको अभिनयबाट आफू अझै प्रशिक्षित र दीक्षित हुने मौका पाएको बताए । 
 
‘दयाहाङ राई भनेको आधुनिक सिनेमाको अभिनयलाई छुट्टै परिभाषा दिन सकेको व्यक्ति हो', शाहले भने, 'उहाँले अभिनय यसरी मात्र गर्नुपर्छ भन्ने फर्मुलालाई चकनाचुर पारेर अभिनय यसरी पनि गर्न सकिन्छ भन्ने नयाँ परिभाषा स्थापित गर्नुभएको छ । यस्तो व्यक्ति आधा शताव्दीमा एकपटक मात्र जन्मन्छ ।’ 
 आफू
दयाहाङको प्रत्यक्ष अभिनय हेर्न आफू लामो समयदेखि लालयित रहेको पनि शाहले खुलासा गरे । ‘म दयाहाङको प्रत्यक्ष अभिनय हेर्न लालयित थिएँ, जुन 'कान्छी' फिल्मबाट पूरा भएको छ । मैले जति सोचेको थिएँ, त्यसभन्दा धेरै पाएँ दयाहाङलाई', उनले भने, 'उहाँको अभिनयबाट मैले आफूलाई अझ प्रशिक्षित र दिक्षित हुने मौका पाएँ ।’

नीर शाहले आफ्नो प्रशंसा गरिरहँदा को छेउमै रहेका दयाहाङ पुलकित भए । ‘म उहाँ (नीर शाह) को कुराबाट भावुक भएँ', उनले भने, 'मलाई उहाँले यसरी मूल्याङ्कन गर्नुभएको रहेछ, धेरै खुशी लाग्यो । '

नेपाली कथानाक चलचित्र 'कान्छी'मा नायिका श्वेता खड्काको पिताको भूमिकामा रहेका अभिनेता शाहले आफ्नो अभिनय यात्राको ५० वर्ष लामो करिअरमा 'कान्छी' पनि उत्कृष्ट फिल्म रहेको पनि बताए । 

यो फिल्ममा दया, स्वेता, नीर शाह, अनु शाह, प्रज्जवल सुजल गिरी लगायतका कलाकारको अभिनय छ । यो फिल्म माघ २६ गतेलाई प्रदर्शनमा जानेछ । यो फिल्मका निर्देशक आकाश अधिकारी हुन्। 

२०७४ कार्तिक १७ गते २२:५१ मा प्रकाशित
705 पटक पढिएको

प्रतिक्रिया दिनुहोस