गोरखामा यसरी भोट फकाउँदै बाबुराम (फोटो फिचर)
शुक्रबार, १७ कार्तिक २०७४
गोरखामा यसरी भोट फकाउँदै बाबुराम (फोटो फिचर)

काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग प्रतिनिधिसभाका लागि गोरखा २ बाट प्रतिस्पर्धा गर्दैछन् ।

कांग्रेसको साथ पाएपछि बाबुराम अहिले चुनावी अभियानमा होमिएका छन् । नयाँ शक्तिको पनि प्रभाव रहेको गोरखा २ को नतिजा आफ्नो पक्षमा पार्न बाबुराम गाउँ गाउँ पुग्दैछन् ।

चुनावी अभियान लिएर बाबुराम गोरखाका विभिन्न गाउँसँगै २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाक पनि पुगिसकेका छन् ।

अन्य बेला कम बोल्ने अन्तरमुखी स्वभावका बाबुराम मतदातासँग भने खुलेर कुरा गरिरहेका छन् । उनी सकेसम्म झुक्दै मतदातासँग भोट मागिरहेका छन् । बाबुरामले सुत्केरी, वृद्धवृद्धादेखि युवाहरुसँग पनि भेट गरिहेका छन् ।

भोट माग्ने क्रममा बाबुराम मतदाताको आँगन, चुल्हो चौकोसम्म पुग्न भ्याएका छन् । बाबुरामसँगै उनका प्रतिस्पर्धी नारायणकाजीले पनि चुनावी प्रचारलाई तीब्र बनाइरहेका छन् ।

२०७४ कार्तिक १७ गते १७:३९ मा प्रकाशित
780 पटक पढिएको

प्रतिक्रिया दिनुहोस