सांस्कृतिक नृत्य, कात्तिक नाच (फोटो फिचर)
शुक्रबार, १७ कार्तिक २०७४
सांस्कृतिक नृत्य, कात्तिक नाच (फोटो फिचर)

काठमाडौं । ललितपुरको ऐतिहासिक नगर पाटनस्थित दरबार क्षेत्रमा साँस्कृतिक नृत्य कार्तिक नाच प्रस्तुत गरिएको  छ । कात्तिक महिनाभर नाचिने यस नृत्य अन्तर्गत बिहीबार नरसिंह अवतार नाच प्रस्तुत गरिएको थियो । सत्रौं शताब्दीमा पाटनका प्रसिद्ध राजा सिद्धिनरसिंह मल्लले कातिक नाचको थालनी गरेका हुन् ।

उनी आफै नाटक लेख्न र अभिनय गर्न पोख्त रहेको इतिहासमा उल्लेख छ  । राजा सिद्धिनरसिंह वैष्णव धर्मावलम्बी भएकाले भगवान विष्णुसम्बन्धी नाचको परम्परा बसालेको बताइन्छ । पाटन दरबारक्षेत्रको कात्तिक डबलीमा एक महिनाभर देखाइने यो नृत्यको  अन्तिम दिन भगवान विष्णुको अवतार नरसिंह र दैत्यराजहिरण्यकश्यपुबीचको युद्धमा आधारित नृत्य देखाइएको थियो ।

आफना पुत्र प्रह्लादलाई शिवभक्त बनाउन अनेक उपाय गर्दा पनि सम्भव नभएर आजित भएका  हिरण्यकश्यपुले खम्बालाई देखाउँदै तिम्रा भगवान यहाँ पनि छन्, भनेर सोद्धा खम्बाबाट भगवान नरसिंह उत्पन्न भई हिरण्यकश्पुको बध गरेको कथामा आधारित नृत्य प्रस्तुत गरेपछि यो नाच सम्पन्न हुने गर्दछ । कात्तिकभर नचाइने र्काितक नाच अवलोकनका लागि वर्षेनि पाटनवासी र देश विदेशका दर्शक, पर्यटकको घुइँचो लाग्ने गर्दछ  ।


तस्बिरः शेलेन्द्र गोविन्द अमात्य

२०७४ कार्तिक १७ गते ११:१३ मा प्रकाशित
197 पटक पढिएको

प्रतिक्रिया दिनुहोस