चीनको धुरी चढेर नेपालमा समाजवाद आउँदैनः राजन भट्टराई (भिडियोसहित)
बुधबार, १५ कार्तिक २०७४
चीनको धुरी चढेर नेपालमा समाजवाद आउँदैनः राजन भट्टराई (भिडियोसहित)

काठमाडौं । राजनीतिक विश्लेषक डा.राजन भट्टराईले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रममा चिनको कुनै हात नरहेको बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम ‘द भ्यू’ मा कुराकनी गर्नुहुँदै डा.भट्टराईले कम्युनिष्ट पार्टीहरुबीच चीनको इच्छामा गठबन्धन बनेको भारतको आरोपमा कुनै सत्यता नभएको  बताउनुभयो ।

‘बाम गठबन्धन चीनले गराइदिएको भन्ने भारतले गरेको आँकलन मात्रै हो, नेपालका वामपन्थीहरु प्रष्ट भइसकेका छन्,’ उहाँले भन्नुभयो, ‘हिजोको जस्तो सोभियत संघलाई धुरी बनाएर समाजवाद आउँछ भन्ने होइन । चिनियाँ समाजवादको धुरी चढेर पनि नेपालमा समाजवाद विकास हुँदैन ।’

नेपाल–भारत प्रवुद्ध समुहका सदस्यसमेत रहनुभएका डा.भट्टराईले चीन र भारतको सम्बन्ध राम्रो भयो भने नेपाललाई फाइदा हुने बताउँदै दुई देशबीचको प्रतिस्पर्धाले साना मुलुक मारमा पर्ने जिकिर गर्नुभयो ।

थप कुराकानी यो भिडियोमा हेर्नुहोस्ः

२०७४ कार्तिक १५ गते १३:२३ मा प्रकाशित
390 पटक पढिएको

प्रतिक्रिया दिनुहोस