हरिबोधनी एकादशीमा यस्तो देखियो चाँगुनारायण (फोटो फिचर)
मङ्गलबार, १४ कार्तिक २०७४
हरिबोधनी एकादशीमा यस्तो देखियो चाँगुनारायण (फोटो फिचर)

काठमाडौं । मंगलबार भगवान विष्णुको पुजा अर्चना गरी हरीबोदनी एकादशी भनाइएको छ । मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास कात्तिक शुक्ल एकादशीमा समाप्त हुने भएकाले दिनभर ब्रत वसेर मनाउने गरिन्छ ।

असार शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास कात्तिक शुक्ल एकादशीमा समाप्त हुँदैछ । पौराणिक कथाअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहनु हुने हुँदा विवाह लगायतका तिर्थ कार्यगर्न साइत जुराउनु पर्दैन् । यसदिनदेखि विष्णु भगवान शयनबाट ब्युझने हुँदा विवाह आदी शुभ कार्यहरुका लागि उत्तम मानिन्छ ।

हरीबोधनी एकाशमीमै भगवान विष्णुको प्रतीक तुलसीको पूजा गरिन्छ । यस दिनलाई तुलसी बिवाहको दिनको रुपमा समेत पुज्ने चलन छ । घरघरमा सजाइएको तुलसाको मठमा पवित्र बिधिले पूजा गरिन्छ ।

मंगलबार काठमाडौं उपत्यकाका चार नारायण अर्थात भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेषनारायण, इचंगुनारायण र ललितपुरको विशङ्खुनारायणमा बिशेष मेला लाग्ने गर्छ । काठमाडौको बुढानिलकण्ठ लगायत देशैभरका विष्णु मन्दिरमा भक्तजनको घुँईचो लाग्ने गर्छ ।

तस्विरः शैलेन्द्र गोविन्द अमात्य

२०७४ कार्तिक १४ गते १६:५२ मा प्रकाशित
294 पटक पढिएको

प्रतिक्रिया दिनुहोस