यसरी मनाइयो महालक्ष्मी जात्रा (फोटो फिचर)
मङ्गलबार, १४ कार्तिक २०७४
यसरी मनाइयो महालक्ष्मी जात्रा (फोटो फिचर)

काठमाडौं । बलम्बुमा कार्तिक शुक्ल अष्टमीदेखि दशमीसम्म मनाइने महालक्ष्मी जात्रा धुमधामका साथ मनाइएको छ । यहाँ महालक्ष्मी कुमारी तथा गणेशको मूर्ति खटमा राखेर मनाइने सिन्दूरे जात्रा मनाइने गरिन्छ ।

बलम्बुका रहेका नेवारी समुदायले निकै धुमधामसँग मनाउने यो जात्रा न्हूदया (नेवारी नयाँवर्ष) पछि मनाउने गरिएको छ । यसलाई उपत्यकाका ठूला जात्रा मध्येको एक जात्राको हेरिने गरिन्छ । यो जात्रामा स्थानीयको निकै सहभागीता रहने गर्दछ ।

तस्विरः शैलेन्द्र गोविन्द अमात्य

२०७४ कार्तिक १४ गते १४:५८ मा प्रकाशित
204 पटक पढिएको

प्रतिक्रिया दिनुहोस