राजतन्त्र फाल्न १३ हजारको रगत बगाउनु पर्ने थिएन (भिडियोसहित)
बुधबार, ०८ कार्तिक २०७४
राजतन्त्र फाल्न १३ हजारको रगत बगाउनु पर्ने थिएन (भिडियोसहित)

काठमाडौं । नेकपा क्रान्तिकारी मओवादीका वरिष्ठ नेता सीपी गजुरेलले दोस्रो संविधानसभाको निर्वाचनलाई बहिष्कार गरे पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई भने आफूहरुले उपयोग गरेको बताउनुभएको छ ।

जनता टेलिभिजनको ‘द भ्यू’ कार्यक्रममा बोल्दै नेता गजुरेलले पछिल्लो चरणमा क्रन्तिकारी शक्तिहरुलाई धरासायी बनाउने षड्यन्त्र भएको र अहिले पर्टी पनि कमजोर हुँदै गएकाले जनताको चाहना अनुसार निर्वाचनमा गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजतन्त्र फाल्नकै लागि १३ हजारको रगत बगाउनु पर्ने थिएन । त्यो रगतको मूल्य बराबर प्रगति भएको छैन । जन युद्धको प्रमुख माग गणतन्त्र स्थापना मात्रै नभएर जनगणतन्त्र स्थापना हो ।’

२०७४ कार्तिक ०८ गते १३:०३ मा प्रकाशित
205 पटक पढिएको

प्रतिक्रिया दिनुहोस