मुलुक कायालपटमा विकल्प बन्नेछ रसुवागढी भन्सार (भिडियोसहित)
सोमबार, १६ असोज २०७४
मुलुक कायालपटमा विकल्प बन्नेछ रसुवागढी भन्सार  (भिडियोसहित)

–केदार पनेरु, प्रमुख, रसुवागढी भन्सार
रसुवागढी भन्सारका प्रमुख केदार पनेरुले नेपाल र चीनको आर्थिक नाका रसुवागढी नाकाले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण फड्को मार्ने बताउनु भएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’मा रामकुमार एलनसँगको कुराकानीमा प्रमुख पनेरुले रसुवागढी भन्सारमा एकीकृत सेवा विस्तारको काम भइरहेको र तीन वर्षमा सबै योजना सम्पन्न हुने बताउनु भयो ।

पनेरुले सडक विभागले गल्छी मैलुङ सडक निर्माण गरिरहेको, मैलुङबाट स्याफ्रुबेसीसम्म सेनाले ट्र्याक खोल्ने काम सकाउन लागेको तथा स्याफ्रुबेसीबाट टिमुरेसम्मको सडक निर्माणमा चीन सरकारले १९ अर्ब रुपैयाँ खर्च लागेको बताउनु भयो ।

‘हिमाली जिल्लाका उत्पादनसँगै मुलुकले लिने आर्थिक नीतिले चीनसँगको व्यापारमा रसुवागढी नाकाले सहज बनाउने र नेपालको आर्थिक फड्कोमा यो गतिलो अन्तर्राष्ट्रिय गन्तव्य बन्नेछ,’ पनेरुले भन्नुभयो, ‘यसलाई राज्यले नै महत्वाकांक्षी योजना मानेर योजना बनाउनु पर्छ ।’ हेर्नुहोस् कुराकानको पूरा अंश भिडियोमाः

२०७४ असोज १६ गते १५:०८ मा प्रकाशित
1681 पटक पढिएको

प्रतिक्रिया दिनुहोस