हिजो चुनाव जितिन्, आज खुसी साटिनसक्दै संसार छाडिन्
बिहिबार, ०५ असोज २०७४
हिजो चुनाव जितिन्, आज खुसी साटिनसक्दै संसार छाडिन्

सप्तरी । सप्तरीमा एकजना जनप्रतिनिधिले जितको खुसीयाली मनाउँदा मनाउँदै संसार छाड्नुपरेको छ । जिल्लाको हनुमाननगर-कंकालिनी नगरपालिका- २ बाट महिला सदस्यमा निर्वाचित ६३ वर्षीया जसोदेवी खत्वेणीको जितको खुसीयाली मनाउँदै गर्दा हृदयाघातले निधन भएको हो । 

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट वडा नम्बर २ को महिला सदस्यमा  २२५ भोटसहित बुधबार मात्रै विजयी भएकी उनको २४ घन्टा प्राण गएको हो । 

चुनाव जितेपछि मतदाताबीच गाउँमा खुसीयाली साटासाट गरिरहँदा हृदयाघातबाट उनको निधन भएको त्यही वडाको सदस्यमा निर्वाचित शिवचरण मण्डलले बताउनुभयो । 
 

२०७४ असोज ०५ गते २३:१५ मा प्रकाशित
119 पटक पढिएको

प्रतिक्रिया दिनुहोस